काठमाडौँ :- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो स्वामित्वमा रहेका जग्गाजमिन र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षणका लागि तत्काल आवश्यक कदम चाल्न निर्देशन दिएको छ ।
मन्त्रालयले यसबारे परिपत्र जारी गर्दै अतिक्रमण भएका जग्गाको विस्तृत लगतसमेत माग गरेको छ ।
परिपत्रमा स्वीकृत नक्साअनुसार जग्गाको साँध–सिमाना यकिन गर्न र कुनै अनधिकृत संरचना निर्माण वा अतिक्रमण भएको छ कि छैन भन्नेबारे विस्तृत विवरण तयार पार्न निर्देशन दिइएको छ ।





