काठमाडौँ :- सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले प्रयोग गरेको असंसदीय शब्द संसद् रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गरेको धारणा असंसदीय रहेको भन्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका थिए।
त्यसपछि सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द हटाउन निर्देशन दिएका हुन्।
सांसद मनिष खनालले धारणा राखेलगत्तै एमाले सांसद ऐन महरले भने विरोध जनाएका थिए।




