काठमाडौँ । प्रमुख प्रतिपक्षी दल Nepali Congress ले राष्ट्रपति Ramchandra Paudel ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री Balen Shah संसद् बैठकबाट बाहिरिएको घटनामा आपत्ति जनाएको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद Basana Thapa ले उक्त विषयमा प्रधानमन्त्रीको स्पष्ट जवाफ माग गरेकी हुन् । उनले यस्तो घटना संसदीय मर्यादा र संवैधानिक संस्कार विपरीत भएको बताउँदै भविष्यमा पुनरावृत्ति हुन नहुने धारणा राखिन् ।




