काठमाडौँ :- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ । नतिजा केहीबेरपछि वेबसाइट तथा विभिन्न माध्यममार्फत हेर्न सकिनेछ ।
गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा सहभागीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र तथा अन्य ७ जना रहेका छन् ।
यसपटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएकाले नतिजा छिटो सार्वजनिक गरिएको बोर्डले जनाएको छ ।




