काठमाडौँ :- नेपाली बजारमा Xiaomiको नयाँ स्मार्टफोन ‘Redmi A7 Pro’ बिक्री सुरु भएको छ ।
कम्पनीका अनुसार फोनमा ८०० निट्स ब्राइटनेस क्षमता र डीसी डिमिङ प्रविधि भएकाले घाममा पनि डिस्प्ले स्पष्ट देखिने तथा आँखाको थकान कम हुने सुविधा रहेको छ ।
फोनमा ‘वेट टच टेक्नोलोजी २.०’ प्रयोग गरिएको छ, जसले भिजेको वा तेल लागेको हातले पनि सहज रूपमा स्क्रिन चलाउन मद्दत गर्छ । १२ एनएम प्रोसेसरयुक्त यो स्मार्टफोन ब्राउजिङ, भिडियो स्ट्रिमिङ र हल्का गेमिङका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ ।




