काठमाडौँ :- आजदेखि देशभरका सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ अभियान सुरु हुँदैछ ।
सरकारले सार्वजनिक निकायहरूलाई सफा, सुरक्षित र व्यवस्थित बनाउन सङ्घीय मन्त्रालयदेखि स्थानीय तहसम्मका सबै कार्यालयलाई अभियानमा सहभागी हुन निर्देशन दिएको हो ।
सरकारद्वारा जारी ‘सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गदर्शन, २०८३’ अनुसार कार्यालय परिसर, शौचालय, सूचना बोर्ड, पार्किङ क्षेत्र तथा फोहोर व्यवस्थापनलाई व्यवस्थित बनाइनेछ ।
यस्तै, कुहिने र नकुहिने फोहोर छुट्याउन छुट्टाछुट्टै डस्टबिन राख्नुपर्ने, खुला रूपमा फोहोर जलाउन नपाइने तथा प्रत्येक कार्यालयमा सरसफाइ अनुगमनका लागि सम्पर्क व्यक्ति तोकिने व्यवस्था गरिएको छ ।




