काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विभिन्न राजनीतिक दलका समर्थकहरूले समेत रास्वपालाई मत दिएका कारण पार्टी आजको अवस्थामा पुगेको बताएका छन् ।
आइतबार पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरूका लागि आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले देश झुक्ने कुनै पनि काम रास्वपाले नगर्ने दाबी गरे ।
सभापति लामिछानेले सरकारले सोचविचार गरेर मात्रै निर्णय लिइरहेको उल्लेख गर्दै देश र नागरिकलाई घाटा हुने कुनै पनि कदम नचाल्ने र त्यस्ता निर्णय हुन पनि नदिने बताए ।
उनले भने, “विभिन्न कोणबाट आएका प्रतिक्रिया र समालोचनाले हामीलाई सोच्न बाध्य बनाएको हुन सक्छ । तर सरकारले हेरेर, विचार गरेर र जिम्मेवारीपूर्वक आफ्ना कदम चालिरहेको छ । त्यसैले सरकारले गरेका कामप्रति निराश भएर भाग्नुपर्ने अवस्था छैन ।”




