पवित्र हज यात्राका लागि मक्का प्रस्थान गर्ने नेपाली हज यात्रीहरूलाई प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह र नेपालस्थित साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले आज विशेष कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै उहाँहरूले नेपाल र साउदी अरेबियाबीचको आपसी सम्बन्ध धार्मिक र सांस्कृतिक रूपमा अझ घनिष्ठ बन्दै गएको बताउनुभयो । उहाँहरूले हज यात्रामा जाने नेपाली मुस्लिम धर्मावलम्बीहरूको सुखद, सुरक्षित तथा सफल यात्राको कामना पनि गर्नुभयो ।
हज यात्रालाई मुस्लिम समुदायको महत्त्वपूर्ण धार्मिक अभ्यास र आध्यात्मिक एकताको प्रतीक बताउँदै यात्रुहरूको व्यवस्थापन र सुरक्षामा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।




