काठमाडौँ :- जनमत पार्टीले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
प्रदेश प्रमुखको कार्यालय, जनकपुरधामले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन २०८३ वैशाख २२ गतेदेखि फिर्ता लिएको उल्लेख गरिएको छ।
सम्बन्धित व्यहोरासहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भइसकेको र त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइएको कार्यालयले जनाएको छ।




