काठमाडौँ :- स्थानीय बजारमा मंगलबारको तुलनामा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार सुनको मूल्य प्रतितोला ५,८०० रुपैयाँले बढ्दै २ लाख ९६ हजार ८०० पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य पनि १७५ रुपैयाँले वृद्धि भई प्रतितोला ५,०५५ कायम भएको छ। हिजो मंगलबार सुन प्रतितोला २ लाख ९१ हजार र चाँदी ४,८८० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको मूल्य उच्च रहेको छ। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल एक औँस सुन ४,६३० अमेरिकी डलर र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।




