काठमाडौँ :- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे बस्ने गरी दलका नेता भीष्मराज आङदेम्बेले बैठक आह्वान गरेको संसदीय दलको कार्यालयले जनाएको छ।
बैठकमा सरकारले संघीय संसदको अधिवेशन स्थगित गरी अध्यादेश ल्याएको विषयमा छलफल हुने छ। साथै, सुकुमबासीको उचित व्यवस्थापन नगरी डोजर प्रयोग गरिएको विषय पनि एजेन्डामा रहनेछ। यससँगै समसामयिक राजनीतिक घटनाक्रममाथि समेत छलफल गरिने जनाइएको छ।




