काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज ३४.६३ अंकले घटेर २७०४.०८ विन्दुमा कायम भएको छ, जुन १.२६ प्रतिशतको गिरावट हो।
आज ३४१ कम्पनीको १ करोड ७४ हजार ५२४ कित्ता सेयर ६८ हजार ६३५ पटक किनबेच हुँदा कुल ४ अर्ब २६ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
समूहगत रूपमा लघुवित्त समूह बाहेक सबै उपसूचक घटेका छन्। बैंकिङ ०.८६%, विकास बैंक २.१४%, वित्त ०.९६%, होटल तथा पर्यटन १.३५%, जलविद्युत २.२३% र लगानी समूह १.३६% ले घटेका छन्।
त्यसैगरी जीवन बीमा ०.४९%, उत्पादन तथा प्रशोधन २.५४%, म्युचुअल फन्ड ०.६२%, निर्जीवन बीमा ०.९३%, व्यापार १.३८% र अन्य समूह ०.५०% ले गिरावट आएको छ।
समग्र बजारमा अधिकांश समूह रातो देखिएपछि नेप्से पुनः दबाबमा परेको देखिएको छ।




