काठमाडौँ :- मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन महत्वपूर्ण अध्यादेश जारी गर्नुभएको छ।
जारी अध्यादेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था र विश्वविद्यालयसम्बन्धी ऐन संशोधन समावेश रहेका छन्।
यी सबै अध्यादेश २०८३ सालका लागि लागू हुनेगरी जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।





