काठमाडौँ :- सञ्चार तथा सूचना प्रविधिमन्त्री डॉ. विक्रम तिमिल्सिनाले डिजिटल रूपान्तरणलाई तीव्र बनाउने सरकारको लक्ष्य रहेको बताएका छन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा उनले सूचना प्रविधि अब विकल्प नभई दैनिक जीवनको आधारभूत आवश्यकता भएको बताए।
सरकारले दीर्घकालीन सूचना प्रविधि रणनीति तयार पार्दै डिजिटल सार्वजनिक पूर्वाधार विस्तारमा जोड दिएको उनले उल्लेख गरे। साथै नागरिकले एउटै प्लेटफर्मबाट सेवा पाउने व्यवस्था विकास भइरहेको पनि उनले जानकारी दिए।
उनका अनुसार, डिजिटल साक्षरता वृद्धि, उच्च गतिको इन्टरनेट विस्तार तथा दक्ष जनशक्ति उत्पादनमार्फत डिजिटल विभाजन हटाउने प्रयास भइरहेको छ।




