काठमाडौँ :- विदेशी नागरिकता लिएका १९ जना चिकित्सकको लाइसेन्स नेपाल मेडिकल काउन्सिलले खारेज गरेको छ।
नेपाली नागरिकता त्यागेर विभिन्न देशको नागरिकता लिएका कारण उनीहरूको दर्ता रद्द गरिएको काउन्सिलले जनाएको हो।
काउन्सिलका अनुसार सम्बन्धित ऐनअनुसार दर्ता खारेजसँगै उनीहरूको नाम आधिकारिक अभिलेखबाट हटाइएको छ।
यसअघि पनि यस्तै कारणले १७ जनाको लाइसेन्स खारेज गरिएको थियो।




