काठमाडौँ :- २५७०औँ बुद्ध जयन्तीका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले ज्ञानलाई साँचो क्रान्तिको सुरुआतको रूपमा व्याख्या गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै ‘ज्ञ’ अर्थात् ज्ञानले नै समाजलाई सही दिशामा लैजाने बताउनुभयो।
बुद्धका उपदेश स्मरण गर्दै उहाँले दुःखको कारण र निवारणबारे बुद्धले देखाएको मार्ग नै उज्यालोतर्फको यात्रा भएको उल्लेख गर्नुभयो।
साथै, उहाँले विश्वशान्तिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको छ।




