काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा लगातार तेस्रो दिन गिरावट आएको छ।
आज नेप्से ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा कायम भएको हो। यस दिन ३४६ कम्पनीका १ करोड ९ लाखभन्दा बढी कित्ता शेयर ८० हजारभन्दा बढी पटक किनबेच हुँदा करिब ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबारमा बैंकिङ र उत्पादन समूहमा सामान्य वृद्धि देखिए पनि अन्य अधिकांश समूहका सूचक घटेका छन्।




