काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई लेटरहेड, कार्ड लगायतका कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ।
त्यसैगरी, सांसदहरूले आफ्ना कुनै पनि कागजातमा ‘माननीय’ सम्बोधन प्रयोग नगर्न पनि निर्देशन दिइएको छ। आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको अनौपचारिक बैठकमा उक्त निर्देशन दिइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
बैठकमा सांसदहरूले अझ धेरै सिक्न बाँकी रहेको भन्दै मेन्टर र सल्लाहकारहरूको अभ्यास गर्न तथा सकेसम्म सल्लाह र सुझाव लिनुपर्ने सुझाव पनि दिइएको पार्टीले जनाएको छ।



