काठमाडौँ :- नेपालमा रोजगारीका अवसर कम हुँदा विदेश जाने नेपालीको संख्या बढ्दै गएको छ। अर्थ मन्त्रालयको रिपोर्ट अनुसार बेरोजगारी दर १२.६ प्रतिशत पुगेको छ।
पछिल्लो वर्ष मात्र ८ लाखभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। चालु वर्ष पनि लाखौं नेपाली विदेश जान श्रम स्वीकृति लिइरहेका छन्।
विदेशबाट आउने रेमिट्यान्सले अर्थतन्त्रलाई सहयोग गरे पनि देशभित्र दक्ष जनशक्ति घट्ने र दीर्घकालीन असर पर्ने जोखिम रहेको सरकारले जनाएको छ।




