काठमाडौँ :- सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गर्दै ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ।
स्वास्थ्य सेवा विभागको खोप तथा बाल स्वास्थ्य शाखाका अनुसार नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत १५ महिनाभित्र लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई १३ प्रकारका रोगविरुद्ध ९ प्रकारका खोप दिइनेछ।
सरकारले यसअघि गत मङ्सिर र पुस महिनामा खोप लगाउन छुटेका बालबालिकाको तथ्याङ्क सङ्कलन गरेको थियो।




