काठमाडौँ :- बाजुराको जिल्ला अस्पतालबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारलाई सुत्केरी व्यथा लागेपछि अस्पताल ल्याइएको थियो। सुत्केरी गराइसकेपछि अत्यधिक रक्तस्राव र बच्चाको शालमा समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।
उद्धारपछि उनलाई थप उपचारका लागि सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलले जानकारी दिएका छन्।




