काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार १८.१० अंकले घटेर २,८०७.१२ विन्दुमा पुगेको छ।
आज ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिद–बिक्री हुँदा कुल रु ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ बराबरको कारोबार भएको छ।
कारोबारका क्रममा होटल तथा पर्यटन समूहको उपसूचक १.१६ प्रतिशतले बढेको छ भने अन्य सबै समूहका उपसूचक घटेका छन्।
यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावर लिमिटेडको रु ३७ करोड ७ लाख ३५ हजार ९२१ बराबर भएको छ भने कारोबार सङ्ख्याका आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहँदै ७ लाख ७७ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ।




