काठमाडौँ :- संसद् बैठकमा तोडफोड वा भौतिक क्षति पुर्याएमा त्यसमा संलग्न सांसदबाटै क्षतिपूर्ति असुल्ने व्यवस्था गरिएको छ।
प्रतिनिधिसभा नियमावलीको नियम ३३ अनुसार बैठकको सुव्यवस्था कायम राख्ने विशेष अधिकार सभामुखलाई दिइएको छ। सोही नियमको उपनियम (४) मा कुनै सदस्यले बैठकमा आपत्तिजनक वा ध्वंसात्मक व्यवहार गरेमा, वा बैठक कक्षमा भौतिक हानी–नोक्सानी पुर्याएमा, सभामुखले त्यस्तो सदस्यलाई बढीमा १५ दिनसम्म निलम्बन गर्न सक्ने र क्षति भएको सामग्रीको क्षतिपूर्ति भराउन आदेश दिन सक्ने व्यवस्था छ।
यद्यपि, यस्तो कारबाही अघि सम्बन्धित सदस्यलाई आफ्नो सफाइ पेस गर्ने उचित अवसर दिनुपर्ने प्रावधान पनि नियमावलीमा राखिएको छ।




