काठमाडौँ :- आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.१७ अङ्कले घटेर २८२५.२३ विन्दुमा बन्द भएको छ।
आजको कारोबारमा कुल ३४९ वटा स्क्रिप्ट सहभागी रहेका थिए। जसमध्ये १९७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६५ कम्पनीको मूल्य बढेको छ। ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
दिनभरिमा १ लाख १६ हजार ३१० पटकको कारोबारबाट १ करोड १६ लाख ५३ हजार ३७० कित्ता सेयर किनबेच भएको छ। कुल कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २७६ रुपैयाँ पुगेको छ।
कारोबार रकमका आधारमा हिमालयन फाइनान्स ३६ करोड १५ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ। सोल्टी होटल २९ करोड ८१ लाख र नेशनल हाइड्रोपावर २८ करोड ८८ लाख रुपैयाँको कारोबारसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।




