काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री चयन गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले शाहलाई महामन्त्री बनाउने प्रस्ताव अनुमोदन गरेको हो।
यसैगरी, बैठकले सागर ढकाल र सरिता श्री ज्ञवालीलाई सचिवालय सदस्यमा मनोनयन गर्ने निर्णय पनि गरेको छ।




