काठमाडौँ :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रवास विभाग प्रमुखमा केन्द्रीय सचिवालय सदस्य तथा सांसद दीपक बोहरा नियुक्त भएका छन्। आज बसेको केन्द्रीय सचिवालय बैठकले बोहरालाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
यसअघि प्रवास विभागको नेतृत्व डिपी अर्यालले सम्हाल्दै आएका थिए।




