काठमाडौँ :- रास्वपाले वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।
सचिवालय बैठकले अधिवेशनको कार्यतालिका तय गर्दै संगठन विस्तारलाई अघि बढाउने जनाएको छ।
भोलिका लागि केन्द्रीय समिति बैठक बोलाइएको छ भने त्यसका एजेण्डा तय गर्न आज अपराह्न बैठक बस्नेछ। साथै, बैठकमा संगठनात्मक जिम्मेवारी, प्राविधिक सहयोग र लेवीलगायत विषयमा छलफल हुने जनाइएको छ।




