ट्रेन्डिङ

रोहित शेट्टीको घरमा गोलीकाण्ड: मुख्य आरोपी आग्राबाट पक्राउ

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्तामा आकर्षण, मतदाता सूची अद्यावधिक तीव्र

‘अनलाइन परामर्श’का नाममा औषधि सुझाव दिन रोक मेडिकल काउन्सिलको चेतावनी

उज्यालो नेपाल पार्टीले सरकारसमक्ष राख्यो ६ बुँदे माग

उत्पादन लागत बढेपछि पानी उद्योगको मूल्य समायोजनको संकेत

चार जना घाइते बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सुदूरपश्चिमलाई हराउँदै आर्मी फेरि च्याम्पियन

संघीय संसदमा नयाँ सभापति चयन

वैशाख ६ गते प्रदेशसभा बैठक आह्वान, विधेयक समितिमा पठाइने

सङ्घीय संसद्का १२ समितिमा सभापति चयन हुँदै, उम्मेदवारको मनोनयन दर्ता

लेबनान–इजरायल बीच १० दिने युद्धविराम सुरु, वार्ताको बाटो खुल्यो

तिहारमा रिलिज हुने ‘पाँच पाण्डव’

पाठेघरको क्यान्सर परीक्षण कार्यक्रमलाई निरन्तरता दिन प्रदीप पौडेलको आग्रह

सार्वजनिक लेखा समितिको सभापतिमा भरत खड्काको उम्मेदवारी

जिल्ला प्रहरी कार्यालयको कारबाही: नक्कली नोट कारोबारमा संलग्न चार पक्राउ

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

प्रधानमन्त्री शाहको मुख्यमन्त्रीहरूसँग बैठक

नागरिकता बनाउँदै साथमै राष्ट्रिय परिचयपत्र प्रक्रिया

संसदीय समिति सभापति उम्मेदवार रास्वपाले टुंग्यायो

स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो

शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन

१० हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

नेपाल स्टक एक्सचेञ्ज परिसूचक ३३ अङ्कले उकालो, सबै उपसूचक हरियो

४५ दिनअघि नै सेवा सञ्चालन गर्ने निर्देशन, नागरिक एप ‘वन–स्टप प्लेटफर्म’ बन्दै

आजदेखि देशभर ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सुरु

नीति निर्माणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको सांसदसँग प्रत्यक्ष संवाद

भ्रामक सूचना नफैलाउन काठमाडौं प्रहरीको आग्रह, ओली–लेखक प्रकरणमा अनुसन्धान जारी

निर्देशक राजबहादुर सानेको ‘गंगारानी’ घोषणा, जेठ अन्त्यदेखि छायांकन सुरु

पुराना शक्तिको अन्त्य, नयाँ पुस्ताको उदय: ‘वैज्ञानिक मानववाद’को बाटोमा जानुपर्ने भट्टराईको धारणा

मनाङ जाने क्रममा ट्रक दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

ड्युटीका क्रममा घाइते भएका प्रहरी निरीक्षकको ज्यान गयो

कांग्रेसको नयाँ रणनीति: वडामै पुगेर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू

नयाँ वर्ष २०८३ मा प्रधानमन्त्री बालेन शाहको शुभकामना, ‘सुख, शान्ति र समृद्धि’ को कामना

काठमाडौँमा आजदेखि रात्रिकालीन विद्युतीय बस सेवा सुरु, दुई रुटमा सञ्चालन

देश प्रयोगशाला बन्यो, स्थिरता हरायो : पूर्वराजा ज्ञानेन्द्र शाह

मोबाइल लुटेर बैंकिङ रकम ट्रान्सफर गर्ने तीन जना पक्राउ

काठमाडौं टुँडिखेलमा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस २०२६’ भव्य रूपमा मनाइने तयारी, वेलनेस टुरिज्म रणनीति सार्वजनिक हुने

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

कोशी प्रदेशमा २०८३ भर थप सार्वजनिक बिदा घोषणा, विभिन्न चाडपर्वमा अतिरिक्त छुट्टी

कांग्रेसको कार्यसम्पादन समिति बैठक बुधबार, संसदीय दलको नेता चयन प्रक्रिया पनि सुरु हुने

सिंहदरबारमा इन्टरनेट सेवा सुधार्न सरकारको सक्रियता, अवरोधरहित सेवा दिन निर्देशन

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो

मापसे र ट्राफिक नियम उल्लङ्घन गर्ने विरुद्ध कडा कदम, १०१ चालक समातिए

युट्युबर रोशन पोखरेल आफन्तको जिम्मामा रिहा

आशा भोसलेको ९२ वर्षको उमेरमा निधन

दाङमा इँट्टाभट्टाको पर्खाल भत्किँदा एक मजदुरको मृत्यु, एक गम्भीर घाइते

सुनचाँदीको भाउ बढ्यो, सुन २ लाख ९७ हजार नाघ्यो

प्रधानमन्त्री बालेनलाई मोदीको भारत भ्रमण निम्ता

बागमती सरकारले गाडी भाडा समायोजन गर्‍यो, कहाँको कति ?

बुल्गेरिया पठाइदिने भन्दै लाखौँ रकम ठग्ने गिरोहका दुई सदस्य समातिए

साओमीद्वारा ‘रेड्मी ए–सेभेन’ सार्वजनिक, नेपाली बजारमा १५,९९९ रुपैयाँमा उपलब्ध

नेप्सेमा दोहोरो अंकको गिरावट

उपराष्ट्रपति रामसहायप्रसाद यादवद्वारा स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वको रूपमा लिनुपर्नेमा जोड

रोजगारी सृजना र युवा निराशा अन्त्यमा सरकारको विशेष ध्यान

उपसभामुख चुनावमा श्रम संस्कृतिकी रूबी ठाकुरलाई रास्वपाको समर्थन

संसदको दुवै सदनको चालु अधिवेशन शुक्रबार रातिदेखि अन्त्य हुने

धादिङमा ५० वर्षीया महिलामाथि जबरजस्ती करणी, २८ वर्षीय युवक पक्राउ

सेयर बजार ४८.७१ अंकले बढेर २८५१ अंकमा पुग्यो, कारोबार ९ अर्ब नजिक

सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालबीच पहिलो औपचारिक भेट

सुन तस्करी प्रकरण: पूर्वसभामुख महरासहितविरुद्ध करिब ७ करोड बिगोको मुद्दा दायर

उपसभामुखमा रुवी कुमारीको उम्मेदवारी, प्रमुख दलहरूको समर्थन

ओली र लेखकलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय

वैदेशिक रोजगार पीडित ठगीमा संलग्न संस्था सञ्चालक पक्राउ

राष्ट्रपति पौडेलले चैत २७ गते संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

धन्यवाद ज्ञापन कार्यक्रममा अध्यक्ष ढकालले निजी–सञ्चार सहकार्य र आर्थिक विकासमा जोड

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक संवाद

नेप्सेमा उछाल : परिसूचक ४५.१२ अङ्कले बढ्दा कारोबार ८ अर्ब नाघ्यो

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

होटल पौवाको १० बर्शे यात्रा, सुगम देखि दुर्गम सम्म सेवा बिस्तार, स्वाद उत्सब – २०८२ मनाउदै

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज

मन्त्रिपरिषद् वरीयतामा हेरफेर, केही मन्त्रीको स्थान उकासियो

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको निर्देशनपछि नेपाल टेलिकममा व्यापक सुधार योजना

श्रम ऐन पालना गर्न मन्त्रालयको आग्रह, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न निर्देशन

यात्रुलाई जबर्जस्ती तान्ने बिचौलियामाथि एक्सन, काँकडभिट्टाबाट २४ पक्राउ

बाढी प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न गृहमन्त्री गुरुङको टोली काभ्रे जाँदै

इरानी गुप्तचर प्रमुखको हत्याको जिम्मा इजरायलले लियो

नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो

चैतमै २३ स्थानमा बर्डफ्लु संक्रमण, एक लाख बढी कुखुरा–हाँस नष्ट

सेयर बजारमा सुनौला दिन आउँदैछन्, आत्तिनु पर्दैन : अर्थमन्त्री वाग्ले

शंकर अग्रवाल रिहा

घट्यो सेयर बजार

सरकारले २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सुविधा स्वीकृत

सरकारद्वारा शनिबार–आइतबार सार्वजनिक बिदा लागू, पेट्रोल आपूर्तिसम्बन्धी असहजताका कारण

चार दिनमा २२६ जना पक्राउ, प्रहरीको देशव्यापी अभियान जारी

डोलप्रसाद अर्याल बने प्रतिनिधिसभाको नयाँ सभामुख

राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन, अधिक तरलता व्यवस्थापनमा पहल

डीपी अर्याल सभामुखमा निर्विरोध निर्वाचित

प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्यक्रम भोलिदेखि पुनः सुरु गर्ने

परराष्ट्रमन्त्री खनालले अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार सक्रिय रहेको बताए

काठमाडौँमा मदिरा सेवन गरी सवारी हाँकेका ९ जना चालक कारबाहीमा

व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ

प्रधानमन्त्री बालेन्द्र शाहलाई अष्ट्रेलियाको बधाई

सभामुख डोलप्रसाद अर्याल आइतबार शपथ ग्रहण गर्ने

वैदेशिक रोजगारीको नाममा ठगी: चार जना पक्राउ, ७३ लाख रुपैयाँ ठगी खुल्यो

नुवाकोटका युवकलाई साढे ६ लाख नगदसहित ९८ ग्राम खैरो हेरोइनसहित पक्राउ

एमाले युवाहरूले नेताहरुलाई फूल दिँदै नेतृत्व परिवर्तनको आग्रह

गृह मन्त्रालयको नौबुँदे निर्देशन: जिल्ला प्रशासनमा ‘एकद्वार सेवा प्रणाली’ लागू गरिने

काठमाडौँ :- गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले दिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि त्यस्तो निर्देशन गरेको हो ।

मन्त्रालयले जारी गरेको परिपत्रमा चालु आवमै विद्यमान बजेटबाट नै एकद्वार सेवा प्रणाली लागू गर्न आवश्यक प्रबन्ध गर्दै आगामी आवका लागि सुधार कार्य गर्न आवश्यक न्यूनतम बजेट माग गर्न पनि भनिएको छ ।

प्रमुख जिल्ला अधिकारीलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा प्रचलित कानुनबमोजिम जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गर्दै जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्ने, सार्वजनिक सेवा प्रवाहको सुनिश्चितता, सुशासन सुदृढीकरण तथा विकास व्यवस्थापनमा सहजीकरणजस्ता महत्त्वपूर्ण प्रशासकीय भूमिका निर्वाह गर्नुपर्ने भूमिकासमेत गृहमन्त्रालयले स्मरण गराइएको छ ।

उक्त निर्देशनमा गृहमन्त्री सुधन गुरुङले पदबहाली गरेको दिन मन्त्रालय र अन्तर्गतका निकाय मूलतः जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरू एकद्वार प्रणालीबाट गर्ने व्यवस्था मिलाउन निर्देशन भएको र नेपाल सरकार मन्त्रिपरिषद्बाट गत चैत १३ गते स्वीकृत शासकीय सुधारका एक सय कार्यसूचीमा सार्वजनिक सेवा प्रवाहमा नागरिकको विश्वास जित्ने गरी गुणात्मक सुधार, सुशासन सुदृढीकरण, भ्रष्टाचार नियन्त्रण समेतका विषयलाई केन्द्र विन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्नेलगायत विषय उल्लेख रहेको छ ।

मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार गरिएको निर्देशनमा भनिएको छ, “जिल्ला प्रशासन कार्यालयबाट प्रवाह भइरहेका सेवाहरूलाई सुधार गरी जनताको अपेक्षाअनुरूप सहज र सेवाग्राहीमैत्री बनाउने सिलसिलामा हाल कतिपय जिल्लामा कार्यान्वयनमा ल्याइएका सृजनात्मक तथा नवप्रवर्द्धनात्मक उपायहरू जस्तै टोकन प्रणाली, नागरिक सुनुवाइ प्रणाली, नयाँ नागरिकताको अनलाइन सिफारिस, निःशुल्क सहायता कक्षलगायतका सुधारलाई थप व्यापक र संस्थागत गर्दै गृहमन्त्रीको निर्देशन र एकसय कार्यसूचीको मूल भावनाअनुरूप सुधारका कार्यलाई तत्काल अगाडि बढाउने सिलसिलामा ‘एकद्वार सेवा प्रणाली’ यथाशीघ्र लागू गर्न आवश्यक छ ।”

यस्ता छन् नौबुँदे निर्देशन एकद्वार सेवा प्रणाली व्यवस्थापन गर्ने क्षेत्रहरू

नयाँ नागरिकता, प्रतिलिपि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्रसम्बन्धी सेवाका लागि उपयुक्त सेवाकक्ष तयार गरी सेवाग्राही मैत्री बनाउन भनिएको छ । त्यस्तै, सेवाको कार्य प्रारम्भ गर्नेदेखि स्वीकृत गर्ने तहसम्मका सबै कर्मचारीले सकेसम्म एकैकक्षबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

मन्त्रालयले निर्देशनमा सङ्घसंस्था दर्ता तथा नवीकरण, हातहतियार नवीकरण तथा कागजात प्रमाणीकरणका कार्य कार्यबोझ र कर्मचारीको उपलब्धताका आधारमा उपयुक्त सेवा कक्षको प्रबन्ध गर्न, सेवाग्राहीलाई यथासम्भव प्रतिक्षा÷विश्राम कक्षमा बस्ने व्यवस्था गरी पारदर्शी तवरले सेवा प्रवाह गर्न भनेको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा सम्भव भएसम्म अनलाइन प्रणालीमार्फत नै सेवा प्राप्त गर्नसक्ने सम्बन्धमा ध्यान दिइ सुधारका काम कारवाही अगाडि बढाउन भनिएको छ ।

टोकन प्रणाली र सहायता कक्षसम्बन्धी

सेवाग्राहीको चाप एवं आवश्यकताका आधारमा टोकन प्रणाली लागू गर्न एवं कार्यालय प्रवेश गर्नेबित्तिकै सहज पहुँच हुने स्थानमा कर्मचारी र कम्प्युटरसहितको सहायता कक्ष राख्न निर्देशन दिइएको छ । सहायता कक्षमा जिल्ला प्रशासन कार्यालयको सेवासम्बन्धी विषयवस्तु बुझेको कर्मचारीलाई मात्र राख्ने र हेल्प डेस्क बिहान ९ः०० बजे अनिवार्य रूपमा खोल्ने व्यवस्था मिलाउन भनिएको छ ।

सेवाग्राहीलाई निवेदन लेख्न-विवरण भर्न सहजीकरण गर्ने व्यवस्था मिलाउन, सहायता कक्षमा कागजातको प्रारम्भिक परीक्षण गरेर टोकन दिने र कागजात नपुगेको सेवाग्राहीलाई के के पुगेन स्पष्ट गरी टिपोट दिनका लागि पनि सहायता कक्ष आवश्यकता औँल्याइएको छ ।

त्यसैगरी कार्यकक्षमा सेवाग्राहीको चापअनुसार फ्रन्ट डेस्कका कर्मचारीले सेवाग्राहीलाई कार्यकक्षमा नै पठाउने वा प्रतिक्षालयमा राख्ने व्यवस्था मिलाउन एवं ज्येष्ठ नागरिक, बिरामी, अशक्त, अपाङ्गता भएका व्यक्ति, सानो बच्चासहितका सेवाग्राहीलाई फ्रन्ट डेस्क वा सहायता कक्षका कर्मचारीले सेवामा प्राथमिकता प्रदान गर्न पनि भनिएको छ ।

नागरिक बडापत्रसम्बन्धी

डिजिटल तथा आवाजसहितको नागरिक बडापत्र यथासम्भव लागू गर्न, यदि सम्भव नभए कार्यालयबाट प्रवाह हुने सबै सेवाको प्रक्रियागत चरण स्पष्ट उल्लेख गरी सबैले देख्ने ठाउँमा सहजै पढ्न सकिने अक्षरमा नागरिक बडापत्र राख्न, प्रमुख÷सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत र वडाध्यक्ष तहसम्मको ह्वाट्सएप समूह तयार गरी सेवा प्रवाह सरलीकरण गर्न नियमित रूपमा छलफल हुने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ ।

गुनासो व्यवस्थापनसम्बन्धी

जिल्ला प्रशासन कार्यालयमा प्राप्त उजुरी तथा गुनासोको अभिलेख गरी उजुरी तथा गुनासो समाधानका लागि तत्कालै क्रियाशील हुनका लागि गुनासो सुन्ने व्यवस्था गर्न निर्देशनमा भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीसँग अशक्त र अपाङ्गता भएका सेवाग्राहीले गुनासो लिएर भेट्न चाहेका खण्डमा प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी उनीहरूसमक्ष आफैँ गई भेट्ने तथा तत्कालै गुनासो सुन्ने प्रबन्धको सुनिश्चितता गर्न भनिएको छ ।

कार्यालय प्रमुख र गुनासो सुन्ने अधिकारीको ‘अफिसियल’ मोबाइलमा निरन्तर सम्पर्क हुने व्यवस्था मिलाउनुपर्ने र तत्काल सम्पर्क हुन नसकेमा ‘कलब्याक’ गरी जानकारी लिनुपर्ने, प्रत्येक महिना जनतासँग प्रजिअ कार्यक्रम सञ्चालन गर्ने र जनताका गुनासाहरू सम्बोधन गर्न निर्देशनमा भनिएको छ ।

सेवाग्राहीप्रतिको व्यवहारसम्बन्धी

कर्मचारीले सेवाग्राहीसँग मर्यादित भाषा तथा सम्मानपूर्वक व्यवहार गर्न कुनै कर्मचारीले सेवाग्राहीलाई दुःख हैरानी दिएमा प्रमुख जिल्ला अधिकारीले शून्य सहनशिलताको नीति अवलम्बन गरी प्रचलित कानुनबमोजिम कारबाही गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा गर्न तथा कार्यालयको परिसर सरसफाइको सुनिश्चितता गर्न पनि भनिएको छ ।

विचौलिया नियन्त्रण

कार्यालयमा विचौलियाको प्रवेशमा उच्च निगरानी गरी विचौलियामार्फत काम गर्ने गराउने कार्यलाई कडाइकासाथ पूर्ण रूपमा नियन्त्रण गर्न, विचौलियालाई गर्ने कारबाहीलाई तीव्रता दिन, नेपाल प्रहरीमार्फत विचौलिया कार्यमा संलग्न व्यक्तिहरूको कारबाहीको हालसम्मको ९वर्तमान सरकार गठन भएको मितिदेखि प्रतिवेदन गरेको दिनसम्म० को र तत्पश्चात् नियमित प्रतिवेदन हुने व्यवस्था मिलाउन पनि निर्देशक गरिएको छ ।

प्रत्येक पदको कार्यविवरण तयार गरिने

जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको वस्तुनिष्ठ कार्यसम्पादन सूचकसहितको कार्य विवरण १५ दिनभित्र तयार गरी लागू गर्न पनि निर्देशन दिइएको छ ।

क्षमता विकाससम्बन्धी

निर्देशनमा जिल्ला प्रशासन कार्यालयबाट सबै वडा कार्यालयमा काम गर्ने कर्मचारीलाई जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित सिफारिस र अन्य काम कारबाहीका सम्बन्धमा अभिमुखीकरण तथा तालिम प्रदान गर्न, जिल्ला प्रशासन कार्यालयमा कार्यविवरणअनुसार कार्य सम्पन्न गर्नेगरी कर्मचारीलाई अभिमुखीकरण गर्न, कर्मचारीलाई मूलतः फ्रन्ट डेस्कमा बस्ने कर्मचारीलाई आवश्यकपर्ने तालिमको व्यवस्था गर्ने वा मन्त्रालयमा माग गर्न पनि भनिएको छ ।

सूचना प्रवाह, अनुगमन मूल्यांक

प्रमुख जिल्ला अधिकारीले कार्यसम्पादन प्रणालीको निरन्तर निगरानी र अनुगमन गर्न, सम्भव भए सिसिटिभी जडान गर्न, कार्यालयको वेभसाइट निरन्तर अद्यावधिक गर्न, प्रोएक्टिभ डिस्कोर्सलाई सुदृढ गर्दै कार्यालयको गोपनियता र पारदर्शिताबीच सन्तुलन कायम राख्न, प्रमुख जिल्ला अधिकारीसहित सबै कर्मचारीको कार्य जिम्मेवारीसहितको सम्पर्क नम्बर कार्यालयको वेबसाइटमा राख्न, जिल्लाको शान्तिसुरक्षाको अवस्थाको दैनिक रूपमा जाहेरी पठाउँदा उक्त दिन जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सबै खाले सेवाको सङ्ख्यात्मक विवरणसमेत अनिवार्य रूपमा तोकिएको ढाँचामा राख्न पनि भनिएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालयबाट सम्पादित अनुकरणीय कार्य र अन्य सबै सेवाको प्रगति प्रतिवेदन प्रत्येक महिनाको ०१ र १६ गते अनिवार्य रूपमा मन्त्रालयमा पठाउन पनि दिर्नेशन दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय