काठमाडौँ :- नेपाल पानी उद्योग महासंघ ले प्रशोधित पिउने पानीको उत्पादन लागत उल्लेख्य रूपमा बढेको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेको छ।
महासंघले जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय तथा आन्तरिक कारणले उद्योग सञ्चालन नै चुनौतीपूर्ण बनेको उल्लेख गर्दै मूल्य वृद्धि अपरिहार्य बनेको जनाएको छ।
महासंघका अनुसार पानी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरू—बोतल, क्याप, र्यापिङ रोल, जार तथा जार क्याप—को मूल्य करिब ४० प्रतिशतसम्म बढेको छ। त्यस्तै, पेट्रोलियम पदार्थ विशेषगरी डिजेलको मूल्य वृद्धि भएपछि ढुवानी खर्च पनि उल्लेखनीय रूपमा बढेको बताइएको छ।
यी सबै कारणले उत्पादन लागत उच्च बनेकाले उद्योगहरूलाई मूल्य समायोजन गर्नुपर्ने बाध्यता आएको महासंघले स्पष्ट पारेको छ।




