काठमाडौँ :- प्रतिनिधिसभा अन्तर्गत सार्वजनिक लेखा समितिको सभापतिका लागि नेपाली कांग्रेसका भरत खड्काले उम्मेदवारी दिएका छन्। पार्टीको निर्णयअनुसार आफूले उम्मेदवारी दिएको उनले जानकारी दिए।
खड्काले उक्त जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता जनाउँदै पारदर्शिता, जवाफदेहिता र सुशासनलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्। उनले सार्वजनिक लेखा समितिलाई प्रभावकारी, निष्पक्ष र जनमुखी बनाउँदै राज्यका स्रोत–साधनको सदुपयोग सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।




