काठमाडौँ :- प्रधानमन्त्री वालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग महत्वपूर्ण बैठक गरेका छन्।
सिंहदरबारमा आयोजित उक्त बैठकमा विकास निर्माणलाई गति दिने, आर्थिक स्रोतहरूको समुचित व्यवस्थापन गर्ने तथा प्रदेश तहमा देखिएका समस्या समाधान गर्ने विषयमा गहन छलफल भएको छ।
बैठकमा संघ र प्रदेशबीच समन्वय सुदृढ गरी राष्ट्रिय योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीतिमा समेत जोड दिइएको छ।




