काठमाडौँ :- प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सभापतिको निर्वाचन यही वैशाख ४ गते हुने भएको छ।
सङ्घीय संसद् सचिवालय ले यसका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।
निर्धारित कार्यक्रमअनुसार बिहीबार दिउँसो १ बजेदेखि ४ बजेसम्म सभापतिका लागि प्रस्ताव दर्ता गर्न सकिनेछ। प्रस्तावमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य रहने व्यवस्था गरिएको छ।
शुक्रबार बस्ने बैठकमा प्रस्तावमाथि छलफलपछि निर्णय लिइनेछ।




