काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज परिसूचक आज ३३ दशमलव २७ अङ्कले बढेर दुई हजार ८६६ दशमलव ८७ बिन्दुमा पुगेको छ।
यो एक दशमलव १७ प्रतिशतको वृद्धि हो।
आज ३४४ कम्पनीका दुई करोडभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्बभन्दा बढी पुगेको छ। सबै समूहका उपसूचकहरूमा वृद्धि देखिएको छ।
यस दिन ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले बजारमा लगानीकर्ताको उत्साह बढेको संकेत गर्दछ।




