काठमाडौँ । सरकारले पञ्जीकरणसम्बन्धी विवरणहरू नागरिक एपमा एकीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार जन्म, विवाह तथा सम्बन्धबिच्छेद दर्ताजस्ता सेवाहरू डिजिटल प्रणालीमा समेट्ने काम सुरु भइसकेको छ।
तथ्याङ्क एकीकृत भएपछि नागरिकहरूले यस्ता प्रमाणपत्रहरू नागरिक एपमार्फत सजिलै प्राप्त गर्न सक्नेछन्। यसले सेवाग्राहीलाई समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।
यससँगै सरकारले अन्य सेवाहरू पनि नागरिक एपमा उपलब्ध गराउने तयारी गरिरहेको छ, जसअन्तर्गत निजामती कर्मचारी विवरण, लोक सेवा आयोगका प्रवेशपत्र तथा एनओसी सेवा समावेश हुनेछन्।




