काठमाडौँ :- बालेन शाहले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
नयाँ वर्षको पहिलो दिन सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले सबैको सुस्वास्थ्य, कल्याण र उज्ज्वल भविष्यको कामना गरेका हुन्।
प्रधानमन्त्री शाहले संस्कृतको प्रसिद्ध श्लोक “सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः” उद्धृत गर्दै सम्पूर्ण मानवजातिको हित, स्वास्थ्य र सुखको प्रार्थना गरेका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।”
नयाँ वर्ष २०८३ को शुभारम्भको पावन अवसरमा उनले सबै नेपालीमा समृद्धि र शान्तिको मंगलमय कामना समेत व्यक्त गरेका छन्।




