काठमाडौँ :- परराष्ट्रमन्त्री शिशिर खनाल ले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ले भ्रमणको निम्ता दिएको बताएका छन्।
नवौँ हिन्द महासागर सम्मेलनका क्रममा मौरिससमा रहेका मन्त्री खनालले भारतीय पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री शाहले उक्त निम्ता स्वीकार गरिसकेको जानकारी दिए।
उनका अनुसार मोदीले पठाएको निमन्त्रण स्वीकार भइसकेको छ र अब दुई देशबीच उच्चस्तरीय भ्रमण आदानप्रदान तथा द्विपक्षीय परियोजनाहरूलाई प्राथमिकतामा राखेर काम अघि बढाइनेछ।
परराष्ट्रमन्त्री खनालले चैत १३ गते पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री शाहलाई मोदीले बधाई सन्देशमार्फत भ्रमणको निम्ता दिएको पनि स्पष्ट पारे।
साथै, उनले सरकारले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) दोब्बर बनाउने लक्ष्य राखेको उल्लेख गरे।




