काठमाडाैं :- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदका लागि रूबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो।
प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजे बस्दैछ, जहाँ उपसभामुख चयन गरिनेछ।
उपसभामुख पदका लागि ठाकुरसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दर्ता गराएकी छन्।




