काठमाडौँ :- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच आज सिंहदरबारमा पहिलो औपचारिक भेटवार्ता भएको छ।
अध्यक्ष दाहालले सभामुख अर्याललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको सचिवालयले जनाएको छ। अर्याल यही चैत २२ गते सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।
आगामी शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।




