काठमाडौँ :- सुन तस्करी गराएको अभियोगमा पूर्वसभामुख तथा नेकपाका नेता कृष्णबहादुर महरा, नेपाल सरकारका सहसचिव अरुण पोखरेल र महराका छोरा राहुलसहितलाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनियाँ तस्करसँग मिलेर भेपको आवरणमा सुनको अवैध ओसारपसार गराएको आरोपमा उनीहरुविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले उक्त प्रकरणमा करिब ७ करोड रुपैयाँ बिगो कायम गरेको जनाएको छ।
अभियोगपत्र अनुसार पुस २०७९ मा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिहरू संलग्न रहेको आरोप लगाइएको छ।




