काठमाडौँ :- प्रतिनिधिसभाको उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन्। उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेले समर्थन गर्ने घोषणा गरिसकेका छन्।
यसैबीच, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि रुवी कुमारीलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकारहरूलाई जानकारी दिँदै समर्थनको पुष्टि गरेका हुन्।
सङ्घीय संसद् सचिवालयले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो।




