काठमाडौं :- रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्।
सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार संयुक्त बैठक दिउँसो ३ बजे बस्ने कार्यक्रम तय गरिएको छ। उनले रातोपाटीसँग भने, “राष्ट्रपति कार्यालयबाट सचिवालयमा भर्खर पत्र प्राप्त भएको छ। उहाँले चैत २७ गते दिउँसो ३ बजे संयुक्त सदनलाई सम्बोधन गर्ने बताउनु भएको छ र त्यसको व्यवस्था मिलाउन भनिएको छ।”





