काठमाडौँ :- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ बिन्दुमा पुगेको छ। यो वृद्धि एक दशमलव ६३ प्रतिशतको हो।
आज ३४६ कम्पनीका एक करोड ८८ लाख १६ हजार ८०८ कित्ता शेयर ९८ हजार १६२ पटक खरिदबिक्री हुँदा कुल कारोबार रकम आठ अर्ब ३१ करोड ८९ लाख आठ हजार ४४१ रुपैयाँ पुगेको नेप्सेले जनाएको छ।
आजको कारोबारमा सबै समूहका उपसूचक हरियो देखिएका छन्। उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी तीन दशमलव ८७ प्रतिशतले बढ्दा, जलविद्युत् समूह दुई दशमलव ६१ प्रतिशत र होटल तथा पर्यटन समूह दुई दशमलव २.५६ प्रतिशतले वृद्धि भएका छन्।
यसैगरी, बैंकिङ समूह एक दशमलव १.१६, विकास बैंक एक दशमलव १.९८, वित्त एक दशमलव १.४५, लगानी एक दशमलव १.३५, जीवन बीमा एक दशमलव १.३१, लघुवित्त एक दशमलव १.२८, निर्जीवन बीमा एक दशमलव १.०१, म्युचुअल फण्ड शून्य दशमलव ०.९९, व्यापार शून्य दशमलव ०.६१ र अन्य समूह एक दशमलव १.१५ प्रतिशतले वृद्धि भएका छन्।




