काठमाडौँ :- मन्त्रिपरिषद्का सदस्यहरूको वरीयतामा व्यापक हेरफेर गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आज मन्त्रीहरूको मर्यादाक्रम परिवर्तन गरेका हुन्।
नयाँ वरीयताअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले दोस्रो स्थानमा निरन्तरता पाएका छन् भने परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरीयतामा उक्लिएका छन्। उनी यसअघि चौथो स्थानमा थिए।
यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता पनि बढाइएको छ। उनलाई चौथो स्थानमा राखिएको छ, जबकि उनी यसअघि छैटौँ वरीयतामा थिए।





