काभ्रे :- गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्था बुझ्न आज काभ्रे जाने भएका छन्। उनको सचिवालयका अनुसार बिहान ९ बजे काठमाडौंबाट टोली प्रस्थान गर्नेछ।
वर्षायाममा आउने बाढीका कारण स्थानीयले भोग्दै आएका समस्याबारे प्रत्यक्ष जानकारी लिन उनी स्थलगत निरीक्षणमा जान लागेका हुन्। निरीक्षणका क्रममा जोखिमयुक्त बस्ती तथा पूर्वाधारको अवस्था अध्ययन गरिनेछ भने सम्बन्धित निकायलाई आवश्यक निर्देशन पनि दिइनेछ।




