काठमाडौँ :- सरकारले दुई परियोजनाका लागि झण्डै २८ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा स्वीकार गरेको छ।
मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावअनुसार डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिन स्वीकृति दिएको छ।
त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकृत गरिएको छ। हालको विनिमयदर अनुसार यी सबै ऋण सहयोगको कुल रकम करिब २८ अर्ब नेपाली रुपैयाँ हुन्छ।




