काठमाडौँ :- सरकारले भोलि (सोमबार)देखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनले भने, पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरिएको हो।
सरकारी कार्यालयहरू अब बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। तर शैक्षिक संस्थाहरूको हकमा यो समय लागू हुनेछैन।




