काठमाडौँ :- परराष्ट्रमन्त्री शिशिर खनालले असंलग्नता, सार्वभौमिकता, भौगोलिक अखण्डता र पारस्परिक सम्मानमा आधारित मुलुकको अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।
आज काठमाडौँमा सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सबै राष्ट्रसँग मैत्रीपूर्ण, सन्तुलित र शान्तिपूर्ण सम्बन्ध कायम गर्ने वर्तमान सरकारको नीति सुनाएका थिए।
कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख ईश्वर कार्कीले अपराधमुक्त समाज निर्माणका लागि समुदायसँग मिलेर प्रहरीले काम गरिरहेको जानकारी दिएका थिए।




