काठमाडौँ :- श्री बालेन्द्र शाहले नेपालको प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेसँगै अष्ट्रेलियाले हार्दिक बधाई ज्ञापन गरेको छ।
अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङले प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै बधाई सन्देश पठाएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ।
बधाई सन्देशमा अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ रहेको उल्लेख गर्दै शान्त, स्थिर र समृद्ध एसिया–प्रशान्त क्षेत्र निर्माणका लागि प्रधानमन्त्री शाहसँग सहकार्य गर्न आफू तत्पर रहेको पनि उनले बताएकी छन्।




