काठमाडौँ :- नेकपा एमाले का युवाहरूले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा नेताहरुलाई फूल दिएर नेतृत्व परिवर्तनको आग्रह गरेका छन् ।
युवाहरूले संसदीय दलको नेतामा सुहाङ नेम्वाङ चयन नगरेको विषयमा असन्तोष जनाउँदै विरोध प्रदर्शनसमेत गरेका थिए। हिजो पनि केन्द्रीय कार्यालयमा प्लेकार्डसहित प्रदर्शन र मौनधारण जस्ता कार्यक्रम गरिएको थियो ।
आज उनीहरूले फूल दिएर नेताहरुलाई शुभकामना तथा नेतृत्व परिवर्तनको संकेत दिन खोजेका हुन् ।




