काठमाडौँ :- सङ्घीय संसद् सचिवालयको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा आयोजना हुने जनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबारका लागि संसद्को अधिवेशन आह्वान गरेसँगै त्यसको तयारी स्वरूप सर्वदलीय बैठक बस्न लागेको हो।




